शिक्षकहरूको आन्दोलन जारी (तस्बिरहरू)

काठमाडौँ । आज पनि शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । विभिन्न नारा लगाउँदै माइतीघरदेखि बानेश्वरसम्म शिक्षकहरूले आन्दोलन गरेका हुन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् ।

उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका हुन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *