सूर्यज्योति लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘इ-कर्जा’ सेवा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक गरेको छ ।

कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल रूपान्तरणमा महत्वपूर्ण कदम चालेको हो ।

यस सेवा अन्तर्गत अनलाइनबाटै कर्जा लिन सकिने र सुर्यज्योती डिजिटल कार्ड लिएका बीमीत तथा अभिकर्ताहरूले कम्पनीले सम्झौता गरेका विभिन्न अस्पताल तथा व्यापारिक केन्द्रमा छुट पाइने कम्पनीले जनाएको छ ।

सोमबार ललितपुरको होटल हिमालयनमा आयोजित विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *