आईएमई लाइफ इन्स्योरेन्सको ई–लोन सेवा सुरु


काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–लोन सेवा उद्घाटन गरेको छ ।
आज कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा. रामहरि अर्यालले उक्त सेवाको उद्घाटन गरेका हुन् ।
कम्पनीका अनुसार घरबाटै बीमितले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध भएको छ । यो सेवा अन्तर्गत बीमितले घरबाटै IME Life Mobile App वा website: www.imelifeinsurance.com का माध्यमबाट रु ५००० देखि १००,००० सम्म e-Loan को लागि आवेदन दिन सक्नेछन् ।
बीमितले कम्पनीको वेबसाइट मार्फत ऋण आवेदन चौबिसै घण्टा आफुरहेको स्थानबाटै दिन सक्ने कम्पनीले जनाएको छ भने कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।
यसरी ऋण लिनको निमित्त कुनैपनी अतिरिक्त सेवा शुल्क लाग्ने छैन । ऋण सुविधा पाउनको लागि बीमितको KYC (Know Your Customer) प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तीमा ३ वर्ष पुरा भइसकेको हुनुपर्ने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले IME Life e-Loan सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जासेवा प्रदान गर्ने विश्वास लिएको बत्ताउँदै डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ट बनाउँदै लैजाने प्रयासको निरन्तरता भएको बताए ।
आवेदन दिने, बीमितको KYC (Know Your Customer) प्रमाणीकरण गर्ने प्रक्रिया र आवेदन फारम कम्पनीको आधिकारिक वेबसाइट मा प्राप्त गर्न सकिने छ ।
