पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा

२०८१ चैत २७ गते

काठमाडौं । पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको छ । बुधवार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका जिल्लामा वर्षा भएको हो ।
नेपालमा वर्षा नहुँदा प्रदूषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरू देखिरहेका छन् । ठूलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत प्रदूषण बढी भएका सहरहरूबाट प्रदूषण हट्ने बताइएको छ ।
तर काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदूषण उच्च भएको सहरमा विश्वकै पहिलो स्थानमा रहेको छ । काठमाडौंमा वर्षा हुन नसके पनि पूर्वी तराईमा भने मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

२०८१ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित