नारायणी नदिमा डुबेका दिदिभाइको शव निकालियो

२०८१ चैत २७ गते

काठमाडौँ । पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदिमा बेपत्ता भएका दिदिभाइको शव निकालिएको छ ।
बुधवार सशस्त्र प्रहरीको गोताखोरले दुवै जनाको शव निकालेको हो ।
चैत्र २७ गते सोही ठाउँ बस्ने १३ वर्षीय दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जा नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुबेर बेपत्ता भएको बताइएको छ ।
उनीहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बुढाथोकीको कमाण्डमा गोताखोरसहितको टोली खटिइएको थियो ।
सशस्त्र प्रहरी बल, नेपालका अनुसार स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान ११ः३० बजे र दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट अपराह्न १२ः३० बजे निकालिएको हो ।

२०८१ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित