दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

सिराहा । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ ।

धनगढिमाई नगरपालिका–७ कसाहा चोकस्थित सडकमा बा।४४ प १५६१ नम्बरको मोटरसाइकल र स।५ प ७७४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधवार बिहान दुर्घटना हुँदा बा।४४ प १५६१ नम्बरको मोटरसाइकल चालक सुखीपुर नगरपालिका–८ बस्ने ३० वर्षीय जय कुमार गिरी र स।५ प ७७४० नम्बरको मोटरसाइकल चालक कल्याणपुर नगरपालिका–१२ बस्ने २८ वर्षीय सन्तोष कुमार यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको आरके मेटिसिटि अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ।।५ प ७७४० नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *