राजस्व हिनामिना गरेको आरोपमा सहायक लेखापाल राना पक्राउ

काठमाडौँ । राजस्व हिनामिना गरेको आरोपमा सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा कार्यरत सहायक लेखापाल खड्क बहादुर रानालाई पक्राउ गरिएको छ ।

बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम सहायक लेखापाल राणाले हिनामिना गरेको भनेर उजुरी गरेका थिए ।

उक्त उजुरीको आधारमा रानालाई सम्बन्धित कागजात सहित सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयबाट आज नियन्त्रणमा लिइएको ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *