बार्सिलोनाले डर्टमन्डलाई ४-० ले हरायो, पिएसजीसँग एस्टन भिल्ला स्तब्ध

२०८१ चैत २८ गते

काठमाडाैं । बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधवार बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ । गएराति भएको खेलको २५ मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।
त्यसपछि तीनै गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको ४८ र ६६ मिनेटमा लेवान्डोस्कीले गोल गरे। ७७ मिनेटमा लामिन यमालको गोल निर्णायक बन्दा बार्सिलोनाले पहिलो लेगमा बलियो नतिजा ल्याएको हो । दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।
अर्को खेलमा पेरिस सेन्ट जर्मनने एस्टन भिल्ला विरुद्ध ३-१ को जिते निकाल्यो ।

२०८१ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित