काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ घाइतेको परिचय खुल्यो

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा ११ जना घाइते भएका छन् । बिहीबार बिहान, लगभग साढे ८ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका-९, दाउनेमा काठमाडौँबाट रामेछाप जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रदेश ३-०१- ००६ ख. १३३९ नम्बरको बस खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको मे.१ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा १५ जनामध्ये ११ जना घाइते भएका छन् । वर्षाको कारण ब्रेक नलाग्दा बस अनियन्त्रित भएको अनुमान छ ।

घाइतेमध्ये एक वृद्धा महिला, ७३ वर्षीया सुन्तली बिकको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्य घाइतेहरूका बारेमा प्रहरी कार्यालय काभ्रेले विवरण दिएका छन् । घाइतेहरूको उपचार मंगलटारको प्राथमिक स्वास्थकेन्द्रमा गरिनुका साथै, उनीहरूको अवस्थाका आधारमा केही व्यक्तिहरूलाई सामान्य डिस्चार्ज गरिएको छ भने, केहीको अवस्था मध्यम रहेको छ ।

घाइतेहरूको नाम, अवस्था र ठेगाना :-

  1. सुन्तली बिक (७३ वर्ष)
    • अवस्था: गम्भीर (टाउकोमा चोट)
    • ठेगाना: जिल्ला सोलु लिखुपिके गा.पा. ३
  2. छत्र बिक (७० वर्ष)
    • अवस्था: मध्यम (टाउकोमा चोट)
    • ठेगाना: ऐ.ऐ.
  3. रामसरण बिक (३४ वर्ष)
    • अवस्था: मध्यम (टाउको र दाहिने पातोमा चोट)
    • ठेगाना: जिल्ला रामेछाप मन्थली न.पा. ९
  4. सिता श्रेष्ठ (३३ वर्ष)
    • अवस्था: मध्यम (टाउकोमा चोट)
    • ठेगाना: जिल्ला काभ्रे बनेपा न.पा. १३
  5. पुजन श्रेष्ठ (२७ वर्ष)
    • अवस्था: मध्यम (बायाँ करङमा चोट)
    • ठेगाना: जिल्ला रामेछाप गोकुलगंगा गा.पा. १
  6. कुमुद देबकोटा (३५ वर्ष)
    • अवस्था: मध्यम (टाउको र ढाडमा चोट)
    • ठेगाना: जिल्ला काठमाडौँ नागार्जुन न.पा. ९
  7. जनक बुढाथोकी (६२ वर्ष)
    • अवस्था: सामान्य (नाकमा चोट, डिस्चार्ज)
    • ठेगाना: जिल्ला भक्तपुर चागुनारायण न.पा. ४
  8. पदम सुनुवार (३५ वर्ष)
    • अवस्था: मध्यम (टाउकोमा चोट)
    • ठेगाना: जिल्ला रामेछाप गोकुलगंगा गा.पा. ५
  9. ङावा शेर्पा (५० वर्ष)
    • अवस्था: मध्यम (करङमा चोट)
    • ठेगाना: जिल्ला रामेछाप बाम्तिभण्डार
  10. ङिमा शेर्पा (१० वर्ष)
  • अवस्था: सामान्य (नाकमा चोट)
  • ठेगाना: ऐ.ऐ.
  1. सुजता सुनुवार (२० वर्ष)
  • अवस्था: सामान्य (डिस्चार्ज)
  • ठेगाना: जिल्ला रामेछाप गोकुलगंगा गा.पा. ३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *