प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको पूर्वतयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले  सबै मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई विशेष बैठकका लागि सिंहदरबार बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु हुनेछ ।

बैठकमा सहभागी हुने सबै मन्त्री र सचिवहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रारम्भिक संरचनाबारे छलफल गरिनेछ । प्रधानमन्त्री ओलीले हालसम्मको योजना र कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै आगामी बजेटका प्राथमिकता र दिशा तय गर्न सुझाव लिने बताइएको छ ।

संविधान अनुसार सरकारले हरेक वर्ष जेठ १५ गतेभित्र संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। त्यसअघि राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ, जसलाई सामान्यतः ‘मिनी बजेट’ पनि भनिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *