महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्षको अवसरमा ७.९९ प्रतिशतमै घर कर्जा

२०८१ चैत २८ गते

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरूलाई घर खरिद गर्न/निर्माण गर्न/पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरिएको हुनुपर्दछ ।
यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्द्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

२०८१ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित