दुर्गा प्रसाईं पक्राउ

२०८१ चैत २८ गते

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
राजसंस्था पुन:स्थापनाका लागि गठित जनआन्दोलनका कमान्डर समेत रहेका दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परेका हुन् ।
सुरक्षा उच्च स्रोतका अनुसार, प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउदैछ ।
प्रसाईंको सचिवालयले भने आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।
गत चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका उनी सम्पर्कविहीन भएका थिए ।

२०८१ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित