आसाम राज्यको प्रहरीसमक्ष आफै आत्मसमर्पण गर्नुभएको हो: प्रसाईंको सचिवालय

काठमाडौँ । राजसंस्था पुन:स्थापनाका लागि गठित जनआन्दोलनका कमान्डर दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परेका छन् ।
उनी बिहीबार साँझ आसाम राज्यमा पक्राउ परेका हुन् ।

पक्राउ परे लगतै प्रसाईँको सचिवालयले भने आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।

सचिवालयले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउँदै हिजो आफूहरूले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको जनाएको छ ।

यस्तो छ सचिवालयको भनाई:
अहिले २ घण्टा अगाडी हाम्रा अभियान का संयोजक श्री दुर्गा प्रसाईँले ज्यु ले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,हिजो मात्र हामी ले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षा को ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्छौ,भनेका थियौ र आज उपस्थित भयौ!(दुर्गा प्रसाईँ)जय देश जय रास्टवाद!!

दुर्गा प्रसाईं पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *