ठाँटीकाँध : सुताएकै ठाउँबाट तीन महिने शिशु गायब

काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकामा एक तीन महिनाको शिशु रहस्यमय तरिकाले हराएको छ । ठाँटीकाँध-१, सिराडी ग्वालिपिन्नका बमबहादुर बुढाकी छोरी श्रीया बुढा गए राति सुत्दै गरेको अवस्थामा बेपत्ता भएकी हुन् ।

परिवारका अनुसार, राति करिब ९ बजेतिर घर पछाडिको रुखमा राखिएको खरमा अचानक आगो लाग्यो । आगो निभाउन सबै सदस्यहरू बाहिर निस्किए । तर जब उनीहरू घर फर्किए, त्यति बेला सुतिरहेकी श्रीया बेपत्ता भइसकेकी थिइन् ।

शिशुसँगै एउटै ओछ्यानमा सुतिरहेका उनका दाजु भने सुरक्षित भेटिएका छन् । बमबहादुरका दाजु दीपक बुढाले शंकास्पद रूपमा कसैले योजनाबद्ध ढंगले खरमा आगो लगाएर बच्चा चोरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

घटनापछि तत्काल स्थानीयले प्रहरीलाई खबर गरेका थिए र राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । तर खोजी गर्दा अहिलेसम्म कुनै ठोस सुराग भेटिएको छैन ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले घटनालाई ‘अचम्म लाग्दो’ भन्दै अनुसन्धान तीव्र पारिएको जानकारी दिए । ‘हामीले थप प्रहरी खटाएका छौं र अनुसन्धान जारी छ,’ दाहालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *