मेची पुलमा दुर्गा प्रसाईंका समर्थकहरूको भीड


काठमाडौं । तीनकुनेमा भएको पछिल्लो घटनापछि फरार रहेका व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् । अहिले मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका हुन् ।
दुर्गा प्रसाईंका दाजु लक्ष्मी प्रसाईंका शुभचिन्तक, परिवारका सदस्यहरू तथा कानुन व्यवसायीहरू मेची पुल क्षेत्रमा भेला भएर आगमनको प्रतीक्षा गरिरहेका छन् । मेची पुल क्षेत्रमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने स्थानीय समर्थकहरू पनि लगातार भीडिइरहेका छन् ।
प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीसँग यस विषयमा प्रतिक्रिया माग्दा उनले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
नेपाल प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पनि प्रसाईं अहिलेसम्म पक्राउ नपरेको बताए । ‘विभिन्न माध्यमहरूमा आएका समाचार सूचना नियाली रहेका छौं । तर अहिलेसम्म प्रहरीलाई उनलाई (दुर्गा प्रसाईं) पक्राउ गरेका छैन,’ प्रवक्ता आचार्यले भने, ‘उनी कहाँ छन् भन्ने जानकारी छैन । हामी खोजीरहेका छौं । उनी प्रहरीको खोजीको सूचीमै छन् ।’
