व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याइएको छ ।

उनलाई झापाको भद्रपुरस्थित बुद्ध एयरको विमानबाट भरखरै काठमाडौँ ल्याइएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार प्रसाईंलाई आज बिहानै काँकडभिट्टा नाकाबाट नेपाल ल्याई हतकडीसहित भद्रपुरको विमानस्थल पुर्याइएको थियो ।

प्रहरीले उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि काठमाडौँ ल्याएको छ ।

तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रबार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।

काठमाडौं ल्याइएपछि प्रहरीको अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ भने म्याद थपको कानुनी प्रक्रिया पनि सुरु गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *