म आत्तिएको छैन, यो तस्कर विरुद्धको लडाइँ हो : दुर्गा प्रसाईं (भिडियो)

काठमाडौँ । राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंले आफुले तस्करविरुद्धको लडाइँ भएको बताएका छन् ।

हिजो भारत आसाममा पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘म आत्तिएको छैन, यो तस्कर विरुद्धको लगाइ लडेको हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि….’

तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रबार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।

अहिले प्रसाईंलाई म्याद थपका लागि आवश्यक कागजात तयार गर्नुका साथै ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी भइरहेको ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *