समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प नभएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले समाजवादको बाटोमा अघि बढ्न चीन सरकारले नेपालको सहयोग गर्ने विश्वास लिएको बताए ।

उनले केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको बताए ।

विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको अध्यक्ष दाहालको दाबी छ ।

नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।

नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन नसकेको बताए । नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन सकेको छैन । चीनले नेपालको सीमा नजिक रेल मार्ग बिस्तार गरिसकेको छ । त्यसलाई नेपालसँग जोड्ने प्रयास भइरहेको बुझिन्छ । यसलाई नेपालका विभिन्न क्षेत्रसँग जोड्ने कुरामा पनि सकारात्मक छलफल भइरहेको बुझिन्छ । यो परियोजना छिटै व्यवहारमा ल्याउन दुवै देशले कार्ययोजना बनाउनेमा नेपाली जनता ढुक्क छ । यि सकारात्मक पक्षहरु हुन् । जुन नेपालको विकासमा सहयोगी सिद्ध हुनेछन् । दुई देशको मित्रता र सहयोगी सम्बन्धलाई थप मजबुत बनाउने कुरामा विश्वास गर्न सकिन्छ । नेपाल र चीनबीच सहयोगका धेरै क्षेत्रहरु छन् । जुन अध्ययन र अन्वेषण गरी जतिसक्दो छिटो कार्यान्वयन गर्न ध्यान दिन जरुरी छ । चीनको समृद्धिबाट लाभ उठाउने जिम्मेवारी हामी नेपालीहरुको हो । चीन पनि नेपालको समृद्धिप्रति जिम्मेवार रहेको मैले बुझेको छु । नेपालको समृद्धिका लागि चीन गम्भीर छ । यसलाई व्यवहारमा परिणत गर्न जरुरी छ । आपसी तालमेल र सहयोगात्मक रुपमा विकास कार्यहरु अघि बढाउन नेपाल र चीन दुवै देशका लागि आवश्यक छ । यो दुवै देशको हितमा छ । आशा छ भविष्यमा दुवै देशले अझ बढी महशुस हुनेगरी संयुक्त रुपमा व्यवहारमा उतार्न सफल हुनेछन् । हामी नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्दछ । नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएका छौँ । यसै क्रममा केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको छ । विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको छ । अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैन ।’

अध्यक्ष दाहालले नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएको उल्लेख गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *