रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।

लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार रवि पत्नी निकिता पौडेल आफैँ उपस्थित भएर रिट दर्ता गराएकी छन् ।

गत शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो ।

यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *