दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीको माग

२०८१ चैत २९ गते

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न नेपाल प्रहरीले अनुमति मागेको छ ।
काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रसाईंलाई प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको हो ।
तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।
भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रबार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।
अहिले प्रसाईंलाई म्याद थपका लागि आवश्यक कागजात तयार गर्नुका साथै ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी भइरहेको ।

२०८१ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित