दुर्गा प्रसाईँविरुद्ध राज्य विरुद्धको कसुरसहित ३ मुद्दा दर्ता

२०८१ चैत २९ गते

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध ३ वटा मुद्दा दर्ता भएको छ ।
राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने काठमाडौँका एसएसपी विश्व अधिकारीले जनाकारी दिए ।
एसएसपी अधिकारीले अनुसन्धान गर्दै जाँदा उनी विरुद्ध अन्य कसुर पनि आकर्षित हुनसक्ने बताए ।
तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।
भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रवार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।
अहिले प्रसाईंलाई म्याद थपका लागि आवश्यक कागजात तयार गर्नुका साथै ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी भइरहेको ।

२०८१ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित