आइफोनले फिल्म बनाएका निर्देशक लोप्चन बुसान फिल्म स्कुल छात्रवृत्तिमा छानिए

काठमाडौँ । विश्व कै प्रख्यात गनिने चलचित्र विद्यालय, बुसान एसियन फिल्म स्कुलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन् ।

बुसान फिल्म स्कुलले एसिया मुलुकबाट मात्र १८ जना युवा चलचित्र कर्मीहरूलाई छात्रवृत्तिमा छान्ने गर्छन् ।

यी छानिएका १८ जना बुसान कोरियामा बसेर अन्तरास्ट्रीय निर्माताहरू सङ्ग मिलेर आफ्नो चलचित्रको तयारी गर्छन् ।

हालै नेपालमा पहिलो पटक आइफोनद्वारा चलचित्र बनाएका लेखक तथा निर्देशक जेसन लोप्चन अहिले बुसान कोरियामा छन् ।

उनी कोरियाको बुसान एसियन फिल्म स्कुलमा ८ महिना बसेर, अन्तरास्ट्रीय निर्माताहरू सङ्ग मिलेर आफ्नो दोस्रो चलचित्रको तयारी गर्ने छन् । चलचित्रको पटकथा र सबै निर्माण कार्य बुसान मै गरिने छ भने, चलचित्रको छयाङ्कन् आउने साल, २०२६, नेपालमै गरिने निर्देशक जेसन लोप्चन बत्ताउँछन् ।

उनको पहिलो चलचित्र, A PLACE UNDER THE SUN अहिले एम्एस्एम् भिडियोमा उपलब्ध छ भने उनले यस अगाडि मेयर बालेन शाह को ‘मार्फाको मदिरा गीत को भिडियो पनि निर्देशन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *