ट्रकको ठक्करबाट १७ वर्षीया साइकलयात्रीको मृत्यु

२०८१ चैत २९ गते

सर्लाही । ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
हरिपुर्वा नगरपालिका–९ मिर्चैया बजारस्थित सडकमा श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना.५ ख ३८५८ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री ईश्वरपुर नगरपालिका– १३ श्रीनगर बस्ने १७ वर्षीया अंजली कुमारी महतोको शुक्रवार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएकी साइकलमा सवार १ जनाको स्थानीय मेडिकल श्रीनगरमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०८१ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित