चलचित्र मोदीबेनी आयो युट्युबमा (भिडिओ)


काठमाडौँ । गत साउनमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मोदीबेनी’ युट्युबमा आएको छ ।
शुक्रवार आज चलचित्र ‘मोदीबेनी’ युट्युबमा आएको हो ।
यस चलचित्रमा एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको छ ।
शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी र नव अभिनेता अमरप्रताप श्रेष्ठको जोडी रहेको छ । यस चलचित्रमा रेजिना उप्रेतीले नौ वर्षपछि कमब्याक गरेकी छन् ।
चलचित्रमा वर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेका छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ ।
चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ ।
