पश्चिम नवलपरासीबाट लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ । पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरू भारत घर बताउने ४५ वर्षीय अमरजित हरिजन, २५ वर्षीय कपिलदेव सहानी र २१ वर्षीय दिलीप गौतम छन् ।

यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको सुरक्षा फौजले शंका लागि जाँच गर्दा उनीहरूको साथबाट १ सय ४९ वटा प्याकेटमा रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलोसहित नियन्त्रणमा लिएको हो ।

साथै उनीहरूको साथबाट अन्य सामानहरू समेत बरामद भएको छ ।

नियन्त्रणमा लिएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *