बालाजु बाइसधारा मेला (तस्बिरहरु)


काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्पत्तिका सम्बन्धमा विभिन्न धार्मिक ग्रन्थले आ-आफ्नै किसिमले उल्लेख गरेका छन् । पौराणिक साहित्यमा हिमवत् क्षेत्रमा अनगन्ती क्षेत्र तीर्थ, देवस्थल, ऋषिमुनिहरूका आश्रम तथा नदीहरूको चर्चा र माहात्म्य पाइन्छन् । यस क्रममा बालाजुको बाइसधारा अर्थात् ल्हुतिपुन्हि क्षेत्र पनि एक प्राचीन धार्मिक तीर्थस्थलको रूपमा रहेको देखिन्छ । बौद्ध धर्मावलम्बीहरू र हिन्दु धर्मावलम्बीहरू दुवैको आस्था केन्द्रको रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि अनुपम नमुना मानिन्छ ।
चैत शुक्ल पूणिर्माका दिन यस स्थलमा भव्य मेला लाग्छ । यस दिनलाई नेवारहरू ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन् । यस पूर्णिमामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन् । यसै दिन ‘मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गरेमा उनीहरूलाई बढी फलिफाप हुने विश्वास रहिआएको छ ।
त्यस्तै यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोग व्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।
तस्बिरहरु:
