चारदेशीय टी-२० सिरिज : आज उपाधिका लागि कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज उपाधि नजिक पुगेको छ । उपाधिका लागि आइतबार बिहान सवा ११ बजे मङ ककस्थित मिसन रोड ग्राउन्डमा नेपाल र कुवेत आमनेसामने हुने भएका हुन् ।

शनिबार वर्षाले खेल प्रभावित भएपछि नेपालले फाइनल यात्रा पक्का गरेको हो । हङकङविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले ९ ओभरसम्म ३ विकेट लिँदै हङकङलाई ६८ रनमा सीमित गरेको थियो । तर त्यसपछि परेको वर्षाले खेल अगाडि बढ्न सकेन र अन्ततः रद्द भयो । अंकतालिकामा नेपालले हङकङभन्दा बढी अंक बनाएको हुँदा फाइनलमा प्रवेश पक्का भयो ।

नेपालले लिग चरणमा तीन खेलबाट २ जित र १ अंक बाँडेपछि कुल ५ अंक बटुलेको थियो । कुवेतले भने १ जित, १ हार र १ बराबरीका साथ ४ अंक जोड्दै फाइनलको यात्रा तय गर्‍यो । हङकङ र कतार भने आजै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल प्रतियोगितामा अहिलेसम्म अपराजित टोलीको रूपमा रहेको छ । कतार र कुवेतलाई हराउँदै आत्मविश्वास बढाएको नेपाल अब उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । प्रतियोगितामा आयोजक हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *