ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु

२०८१ चैत ३१ गते

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका-३ सेतीबगरमा गए राति दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

२०८१ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित