अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छ : अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू

२०८१ चैत ३१ गते

काठमाडौं । अमेरिकी भन्सार शुल्क वृद्धिले आफैँलाई पराजित गरिरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् । जसले अमेरिकी कम्पनीहरू र उपभोक्ताहरूको लागि लागत बढाएको छ ।
यो अमेरिकी अर्थतन्त्रको लागि धेरै विनाशकारी हुने अर्थशास्त्री र मोजाम्बिकको सार्वजनिक अखण्डता केन्द्रका अनुसन्धानकर्ता गिफ्ट एसिनालोले बताए । अमेरिकी अर्थतन्त्र विदेशबाट आउने उत्पादनहरूमा पनि निर्भर गर्ने गरेको उनको भनाइ छ ।
स्पेनी व्यापार विज्ञ जोसेप मारिया गोम्स डोनाल्ड ट्रम्पको नीतिले आफैँलाई असर गरिरहेको बताए । बोस्निया र हर्जेगोभिनाका व्यवसायी मारियो क्युल दैनिक उत्पादनहरूको लागि तिर्ने मूल्यहरूमा अमेरिकी नागरिकले बढी मूल्य तिर्नुपर्ने चेतावनी दिए । यो एउटा नयाँ युग बन्दै गरेको उनीहरूको भनाइ छ ।

२०८१ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित