सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार पुग्यो

२०८१ चैत ३१ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज (आइतबार) नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित