फाइनलमा टस जितेर बलिङ गर्दै नेपाल, कुवेतको राम्रो सुरुवात

२०८१ चैत ३१ गते

काठमाडौं । नेपालले हङकङमा जारी चारदेशीय टि ट्वान्टी सिरिजको फाइनलमा टस जितेर बलिङ गरिरहेको छ । नेपाली टोलीका कप्तान रोहित कुमार पौडेललेमिसन रोड मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेका हुन् ।
अहिले कुवेतले ब्याटिङ गरिरहेको छ । ३ ओभर सकिदा कुवेतले बिना विकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेको छ । नेपाल लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । कुवेत भने दोस्रो भएर फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो । हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो । कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो ।

२०८१ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित