थुनामा रहेका नेताहरूलाई रिहा गर्न माग गर्दै जनकरपुरमा प्रदर्शन

२०८१ चैत ३१ गते

काठमाडौँ । जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आइतबार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो ।
विरोधमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरूको नाम लिएर विरोध जनाएका छन् ।
उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामको विभिन्न भाग परिक्रमा गरेका थिए । सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

२०८१ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित