नेपालीलाई निराशाबाट मुक्त गर्न राजसंस्थाले जहिले पनि योगदान पुर्याउदै आएको छ: पूर्वराजा शाह (भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् ।

उनले शुभकामना दिएसँगै चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे दु:ख व्यक्त गरेका छन् । उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर पैदा भएको जागरूकतालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

उनले राम्रो, नराम्रो, जन गुनासो गुणगान शून्य परम्परा र संस्कार भएको स्थानमा मात्रै वास्तविक प्रजातन्त्र हुने बताए । उनले नयाँ वर्ष २०८२ मा नेपाली जनताले चाहे अनुसारको परिणाम हासिल हुने बताए ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राज संस्थाले जहिले पनि योगदान पुर्याउदै आएको बताएका छन् ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *