सरकार र शिक्षक महासंघबीच वार्ता जारी

काठमाडौँ । शिक्षक महासंघ र सरकारबीच वार्ता चलिरहेको छ ।

अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महासंघ र शिक्षा मन्त्रालयको टोलीबिच वार्ता भइरहेको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार सेवा सुविधाको विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने गर्ने सहमतिको प्रयास भइरहेको छ ।

साथै आगामी अधिवेशनको पहिलो साता नै ऐन सभामा पेस गर्नेगरी सहमतिको प्रयास भइरहेको हो ।

यता शिक्षक महासंघले भने ऐन जारी गर्ने सुनिश्चितता खोजी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *