पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

बन्दीपुरमा आजदेखि सुरु भएको १२ औँ सांस्कृतिक तथा महोत्सवको उद्घाटन गर्दै उनले बन्दीपुर पर्यटकीय सम्भावना बोकेको पालिका भएकाले पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।

गण्डकी प्रदेशको राजधानी पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बन्दीपुर विकास भइरहेको चर्चा गर्दै उनले बन्दीपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले भने, ‘पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्नुपर्छ । त्यसका लागि पालिकासँग मिलेर के गर्न सकिन्छ हामी सहयोग गर्छौ ।’

बन्दीपुर भ्रमण वर्ष सफल बनाउन र नयाँ वर्षमा बन्दीपुरमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *