यू–१९ विश्वकप एसिया क्रिकेट : युएईमाथि ५ रनले नेपालको जित

२०८१ चैत ३१ गते

काठमाडौँ । आईसीसी यु–१९ विश्वकप क्रिकेटको एसिया छनोट खेलमा नेपालले युएइलाई ५ रनले पराजित गरेको छ ।
आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा डिएसएल पद्धतिबाट नेपालले युएइलाई पराजित गरेको हो ।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो ।
सोही बेला मौसम बिग्रिएर वर्षा भएसँगै खराब प्रकाशका कारण डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो ।
मैदान भिजेका कारण निर्धारित समयभन्दा साढे २ घण्टा ढिला खेल सुरु भएको थियो ।

२०८१ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित