हाँडीगाउँमा गहना खोज्ने जात्रा (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा आज देखि गहना खोज्ने जात्रा सुरु भएको छ । १५ दिनसम्म हुने यो जात्रा आज देखि सुरु भएको हो ।

गहना खोज्ने जात्रा काठमाडौँको ऐतिहासिक परम्परा हो । यसलाई ‘कहीं नभएको जात्र हाँडीगाउँमा’ भन्ने परम्परा समेत बनेको छ ।

यो जात्रा राजा मानदेवको पालादेखि चल्दै आएको मानिन्छ । तत्कालीन समयमा टुँडालदेवीको पोखरीमा गहना हराएको थियो भन्ने मान्यता रहेको छ । यो पोखरीलाई गहना पोखरीको रुपमा पनि चिनिन्छ ।

टुँडालदेवीको गहना खोज्नकै लागि प्रत्येक वर्ष यो जात्रा मनाउने गरेको मान्यता छ ।

गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्न पोखरी भित्र पस्ने गरिन्छ ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *