भोजपुरको पर्यटकीय स्थल नागछाँगा ओझेलमा

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल नागछाँगाको संरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ ।

गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो ।

ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।

अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिक स्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ ।

वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिक स्थल पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवद्र्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचर्यले बताए ।

नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ ।

नागछाँगाको किम्बतन्दीको खोज तथा अनुसन्धान गरिरहेको उनले बताए । ‘नागछाँगा एक ऐतिहासिक स्थल हो’ वडाध्यक्ष आचर्यले भने, ‘परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किम्बदन्ती पनि छ । यसको किम्बदन्तीको खोजीमा लागेको छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।’

पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।

यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा करिब ६० लाख लगानी भइसकेको उनको भनाइ छ । ‘स्थानीय सरकारको तर्फबाट यो क्षेत्रको विकासका तथा संरक्षणको काम गरिरहेका छौँ’ अध्यक्ष राईले भने, ‘प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । हामी अहिले सरक्षणसँगै यसको महत्त्व उजागरका लागि जुटेका छौँ ।’

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *