लभस्टोरी चलचित्र ‘पुष्पलता’ को औपचारिक घोषणा

काठमाडौँ । नयाँ वर्ष २०८२ को पहिलो दिन नयाँ वर्षको शुभारम्भ सँगै नयाँ चलचित्र घोषणा गरिएको छ ।

ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र ‘पुष्पलता’ बन्ने औपचारिक घोषणा गरिएको हो ।

सुनील निउरेको लेखन तथा निर्देशनमा बन्ने चलचित्र लभ स्टोरी जनरामा बन्नेछ । चलचित्रमा काम गर्ने प्रमुख पात्र को–को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन ।

पछिल्लो समय बनी रहेको प्रेमकथा भन्दा फरक प्रेम कथामा चलचित्र ‘पुष्पलता’ बन्ने लेखक तथा निर्देशक निउरेले बताए ।

थुप्रै चलचित्रमा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठुलो पर्दामा यो डेब्यु चलचित्र हो ।

चलचित्रको दुई वटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक थिम पोस्टरले पनि चलचित्र प्रेमकथामा बन्ने झलक दिएको छ।

चलचित्रमा कास्टिङ डाइरेक्टर संजोग रसाइली रहेका छन्, चलचित्रमा हर्क साउदको शब्द शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ ।

प्रोडक्सन डिजाइनर प्रकाश हमाल रहेका छन् । लभ स्टोरी र पारिवारिक कथामा बन्ने चलचित्रको छायांकन आगामी भदौमा गर्ने तयारी रहेको छ । ड्रेस डिजाइनर बोनिका कार्की रीत खड्का रहेका छन् भने अन्य प्राविधिक टिम र कलाकार पछि सार्वजनिक गरिने ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनले जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *