ओमानले नेपाललाई दियो ११८ रनको चुनौती

२०८२ वैशाख १ गते

काठमाडौँ । यु–१९ विश्वकप एसिया छनौट खेलमा ओमानले नेपाललाई ११८ रनको चुनौती दिएको छ ।
माथिल्लो मुलपानी मैदानमा भएको खेलमा ओमानले नेपाललाई जितका लागी ११८ रनको चुनौती दिएको हो ।
नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो ।
नेपालका तर्फबाट बलर युवराज खत्री एक्लैले पाँच विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो । खत्रीले ७ ओभर बलिङ गर्दा १५ रन खर्चेर ५ विकेट हात पारेका हुन् । त्यस्तै, सन्तोष यादवले दुई विकेट लिए ।
हिजो भएको पहिलो खेलमा नेपालले युएईलाई डकवर्थलुइसको आधारमा ५ रनले हराएको थियो ।

२०८२ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित