नयाँ वर्षमा पनि रोकिएन शिक्षक आन्दोलन (तस्बिरहरू)


काठमाडौं । नयाँ वर्षको दिनमा पनि शिक्षकहरूको आन्दोलन जारी नै छ ।
केही दिनदेखि लगातार आन्दोलन गर्दै आइरहेको शिक्षक आन्दोलन आज वैशाख १ गते पनि रोकिएको छैन ।
काठमाडौँ केन्द्रित आन्दोलनरत शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्न सरकारसँग माग गर्दै आएका छन् ।
शिक्षकहरूले माग पूरा नभएसम्म आफ्नो कार्यक्षेत्रमा नफर्किने अडान लिएका छन् । चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरू वैशाख १ गते सम्म पनि सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
साथै, स्थानीय कला संस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइसकेका छन् ।
शिक्षकहरू अहिले नेपाल शिक्षक महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरिरहेका छन् ।
महासंघले विधेयकप्रति राहत, करार, बाल विकास, स्थायीलगायतका विभिन्न १८ बुँदे असहमति राखेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
