दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाइँ’ युट्युबमा रिलिज

२०८२ वैशाख १ गते

काठमाडौँ । चलचित्र ‘घर ज्वाइँ’ युट्युबमा राखिएको छ । यसअघि नै हल रिलिज गरिएको सिनेमालाई अहिले युट्युबमा अपलोड गरिएको हो ।
चलचित्रमा दयाहाङ र मिरुनाको मुख्य भुमिका रहेको छ ।
साथमा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले,अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायतले अभिनय रहेको छ ।
अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिएको छ ।
जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् ।
चलचित्र हेर्नोस्–

२०८२ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित