पूर्वराजाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक निष्कासित, दुई वर्षको प्रतिबन्ध

काठमाडौं । पर्यटक भिसामा नेपाल आएर नेपालको सार्वभौममाथि प्रहार गरेको आरोपमा एक अमेरिकी नागरिकलाई निष्कासित गरिएको छ ।

नेपाल आएर राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई सरकारले निष्कासित गर्ने निर्णय गरेको हो ।

गह मन्त्रालयले राजसंस्थाको पक्षमा नाराबाजी गर्नेक्रममा पक्राउ परेका अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई निष्कासित गर्ने निर्णय गरेको हो ।

किर्पाललाई नेपाल प्रवेशमा दुई वर्षको प्रतिबन्ध पनि लगाइएको छ । नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितको डीपोर्ट गर्ने निर्णय गरिएको स्रोतले जानकारी दियो ।

किर्पाललाई भोलि (मंगलबार) अमेरिका फर्काइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *