मोटरसाइकलमा सवार युवकमाथि गोली प्रहार

२०८२ वैशाख २ गते

फाइल फोटो
काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिकामा सोमबार साँझ भएको गोली प्रहार घटनामा युवक गम्भीर घाइते भएका छन् । देवानगन्ज–७ का २१ वर्षीय शिवकुमार मेहता गोली लागेर गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, शिवकुमार मेहता पिन्टु मेहताको मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकल देवानगन्ज बजार पुग्नेबित्तिकै, सोही वडाका कामेश्वर यादवले उनीमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि शिवकुमारलाई गम्भीर अवस्थामा विराटनगर लगेर उपचार थालिएको प्रहरीले जनाएको छ । गोली प्रहार किन र कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

२०८२ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित