कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

२०८२ वैशाख २ गते

काठमाडौं । नेपाली बजारमा उच्च विन्दुमा पुगेको सुनको मूल्य आज (मंगलबार) घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

२०८२ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित