त्रिविका ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अब अनलाइनबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि) विद्यार्थीहरूका लागि एक ठूलो सहजता ल्याएको छ । अबदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन आवेदन दिन सकिनेछ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिँदै मंगलबार बिहान ११ बजेदेखि यो सेवा औपचारिक रूपमा सुरु भएको घोषणा गरे । यस डिजिटल पहलसँगै अब विद्यार्थीहरूलाई बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा पुगेर फारम भर्ने, लाइन बस्ने र झन्झट व्यहोर्नुपर्ने अवस्था हट्नेछ ।

जोशीका अनुसार हालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट मात्र अनलाइनबाट उपलब्ध हुनेछन्, तर निकट भविष्यमा अन्य सेवा पनि क्रमशः अनलाइन प्रणालीमा रूपान्तरण गर्दै लैजाने तयारी भइरहेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ १५ गतेदेखि सम्पूर्ण सेवा पूर्णरूपमा अनलाइनमार्फत प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *