विद्युत अवरोधलाई लोडसेडिङ भन्नु भ्रामक : विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्ला दिनहरूमा हावाहुरी र मौसमी प्रतिकूलताका कारण देखिएका विद्युत अवरोधलाई लोडसेडिङको रूपमा गलत व्याख्या नगरिदिन आग्रह गरेको छ ।

सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा प्राधिकरणले मौसमका कारण सिर्जना भएको छोटो अवधिको अवरोधलाई सामाजिक सञ्जालमा लोडसेडिङ भनेर अतिरञ्जित ढंगले प्रस्तुत गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘प्रि-मनसुन र हावाहुरीका कारण केही क्षेत्रमा विद्युत सेवा केही समयका लागि अवरुद्ध हुन पुगेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर यसलाई लोडसेडिङ भएको भन्ने अभिव्यक्ति अनावश्यक डर र भ्रम सिर्जना गर्ने खालको हो ।’

प्राधिकरणले अवरुद्ध क्षेत्रहरूमा सेवा पुनः सुचारु गर्न वितरण केन्द्रका कर्मचारीहरू दिनरात खटिएको जानकारी दिँदै अधिकांश ठाउँमा आपूर्ति पुनर्स्थापित भइसकेको जनाएको छ । त्यसैगरी, यदि कुनै स्थानमा विद्युतीय संरचना क्षतिग्रस्त भएको पाइएमा तुरुन्तै नजिकको कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन पनि प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *