एनआईसी एशिया बैंकद्वारा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

२०८२ वैशाख २ गते

काठमाडौँ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ ।
यस योजनामा सहभागी हुने ग्राहकहरूले आई फोन १६ जित्न सक्नेछन् ।
बैंकका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।
योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरूमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आई फोन १६ प्रदान गरिनेछ ।
यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

२०८२ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित