ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध


काठमाडौँ । सामसङले १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस२५ अल्ट्राको लन्चको साथ नेपाली नयाँ वर्षको सुरुवात गरेको छ ।
यो फ्ल्यागशिप डिभाइस इन्स्टा फाइनान्सद्वारा ० प्रतिशत ब्याजको मासिक रु ११,७५० इएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।
अभूतपूर्व स्टोरेज र पर्फर्मेन्स्
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चेतना नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ ।
अझ सशक्त एआई क्षमता
अरू भेरिएन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी भेरिएन्टले कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिने कम्पनीले जनाएको छ । यसको ठुलो स्टोरेज क्षमताले यी एआई फिचरहरू अझ भरपुर प्रयोग गर्न सहयोग गर्ने जनाइएको छ ।
- नाउ बर र नाउ ब्रिफः महत्त्वपूर्ण अपडेट र समाचारहरूको छोटो सारांश तत्काल पाउनुहोस् ।
- सर्कल तु सर्चः स्क्रिनमा देखिएका नम्बर, इमेल वा वेबसाइटहरू सजिलै सँग चिन्नुहोस् ।
- कल ट्रान्सक्रिप्ट र समरीः फोनमा गरिएको कुराकानीको सारांश र ट्रान्सक्रिप्ट पाउनुहोस् ।
- राइतिंग असिस्टः नोटहरूको सारांश बनाउनुहोस् वा टेम्पलेटको साथ सजिलै मिलाउनुहोस् ।
- ड्रइङ असिस्टः आफ्नो स्केच, टेक्स्ट र इमेज आइडियाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पाउनुहोस् ।
- सहज मल्टिटास्किङ र इमर्सिभ डिस्प्लेः उच्च प्रदर्शन र आकर्षक डिस्प्लेका साथ विभिन्न कार्यहरू एकै पटक गर्न सकिने अनुभव पाउनुहोस् ।
मूल्य र उपलब्धता
यो नयाँ भेरिएन्ट वैशाख ४, २०८२ देखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ० प्रतिशत ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी मासिक रु ११,७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ ।
यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइने कम्पनीले जनाएको छ । पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
