अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रुपमा काम गर्दैछ : बद्रीप्रसाद पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताएका छन् ।

मंगलवार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरू बन्ने बताए । उनले भौतिक रुपमा पनि संरचनाहरूलाई दर्बिलो गरी निर्माण गर्ने प्रतिबद्धता जनाए ।

उनले अहिले देशको अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे । उनले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताए ।

मन्त्री पाण्डेले भने ‘सबै कुरामा हामी निराश भएर मात्रै हुँदैन । हामीले अघि बढ्दै जाँदा कुनै दिन हाम्रा भव्य प्रदर्शन स्थलहरू हुनेछन् । हामीले भौतिक रुपमा पनि हाम्रा संरचनाहरूलाई दर्बिलो गरी निर्माण गर्नेछौँ । इच्छाशक्तिका दृष्टिकोणले पनि कलाकारितामा ल्याउने परिष्कृतताको दृष्टिकोणले पनि उचाइ प्राप्त गर्नेछौँ । हामी अप्ठ्यारो अवस्थामा छौँ । तीन वटा प्रतिष्ठानहरूमा नेपाल प्रज्ञा प्रतिष्ठान बाहेक यी दुई वटा प्रतिष्ठानहरूले धेरै ठूलो संघर्ष व्यहोरिरहनुभएको छ । देशको अर्थतन्त्र उठाउनुपर्ने, देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने, चारैतिरबाट अर्थतन्त्र चलायमान बनाइ, बलियो बनाइ हाम्रा भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व हाम्रो काँधमा छ । त्यो दिशामा सरकारले मसिनो ढंगले मेहनत र प्रयास गरिरहेको छ । त्यसको प्रतिफल बिस्तारै प्राप्त गर्दै जानेछौँ ।’

मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गरे । उनले साहित्य, संगीत र कलाको महत्त्व बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनले साहित्य, संगीत र कलाले आफ्नो भित्रको अन्तरचेतनालाई जगाउने बताए ।

मन्त्री पाण्डेले समाजलाई जगाउने कुरा कलाकारिता भएको बताए । समाजलाई सही बाटोमा डोर्याउन कलाकारिताको भुमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *